सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात
बिहीबार, २१ मङ्सिर २०८०, १९ : ४०

ताप्लेजुङ । ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।
वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताए । पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । हिउँ पर्न सुरु भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्रमा काम गर्दै आएका राजेन्द्र महतले जानकारी दिए ।
उता जिल्लाका उच्च क्षेत्र घुन्सालगायत ठाउँमा सामान्य वर्षा भएको छ भने चिसो बढेको छ । हिउँद लागे यता सदरमुकाम सहितका क्षेत्रमा सामान्य वर्षा हुँदा किसानलाई भने फाइदा पुगेको छ । वर्षाले हिउँदे बालीनालीमा सिँचाइ पुग्ने भएकाले किसानलाई फाइदा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट
-
२०८१ साल : ‘हाइ प्रोफाइल’हरू नै फौजदारी अपराधमा
-
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
-
वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता