सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने अभियुक्त पक्राउ
बिहीबार, २१ मङ्सिर २०८०, १६ : १७

काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले चितवन रत्ननगर नगरपालिका घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
महतोमाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा अनुसन्धान भैरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जानकारी दिएको छ ।
उनीमाथि काठमाडौँ जिल्ला अदालतको मंसिर २१ गतेको आदेशले ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’