६ दिनमा नै ५ सय करोडभन्दा बढी कमायो एनिमलले
मुम्बई । एनिमलले विश्वभर ५२७.६० करोड भारतीय रुपैयाँ संकलन गरेको छ । रणवीर कपुरको फिल्मले रिलिजको छैटौँ दिनमा यो उपलब्धि हासिल गरेको हो ।यो उनको करियरको दोस्रो उत्कृष्ट फिल्म बनेको छ । यसले ब्रह्मास्त्रको कूल आम्दानीलाई उछिनेको छ।
ब्रह्मास्त्रको विश्वव्यापी कलेक्सन ४१८ करोड रुपैयाँ थियो । एनिमलअघि रणवीर कपूरको २०१८ मा रिलिज भएको सञ्जु छ, जसले विश्वभर ५८६ करोडको व्यापार गर्यो।
फिल्मले घरेलु बक्स अफिसमा मात्रै ३ सय करोड कमाएको छ । बुधबार फिल्मले घरेलु बक्स अफिसमा २९.६१ करोडको कलेक्सन गरेको थियो । फिल्मको कूल कलेक्सन ३१२.९६ करोड पुगेको छ । यी तथ्याङ्कहरू सबै भाषाहरूको लागि हुन्।
एनिमलको अहिलेसम्मको कलेक्सन
पहिलो दिन– ११६ करोड
दोस्रो दिन – १२० करोड
तेस्रो दिन – १२० करोड
चौथो दिन – ६९ करोड
पाँचौं दिन – ५६ करोड रुपैयाँ
छैटौं दिन– ४६.६० करोड (यी तथ्याङ्कहरू विश्वव्यापी बक्स अफिसका हुन्।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
-
सिरहामा एक युवकको शव फेला
-
यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते
-
विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक : अध्यक्ष दाहाल
-
फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने
-
नेपालीको भान्सामा सबैभन्दा धेरै के–केमा हुन्छ खर्च ?