एनसेल काण्डमा नेपाली टेलिकमलाई स्थापित हुन रोक्नेहरू संलग्न छन् : निर्वाण चौधरी

काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल काण्डमा नेपाली टेलिकम कम्पनीलाई रोक्नेहरू नै संलग्न रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै चौधरीले यस्तो बताएका हुन् ।
उनले देशमा एनसेल खरिद–बिक्री प्रकरणबारे चर्को बहस भइरहेका बेला ट्वीटरमा लेखे, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् ।’ यस्तै, सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एमएसएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसेन्स पाउन नसकेको उनले बताएका छन् ।
‘सस्तोमा टेलिकम सेवा दिने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ,’ उनले थपे, ‘हेर्दै जाऔँ । अरू केके देख्न पाइन्छ ।’ यस्तै, एनसेल काण्डमा १० वर्षदेखि नेपाली टेकिलमलाई रोक्नेहरू नै संलग्न रहेको उनले बताएका छन् ।
चौधरीले थपे, ‘देशमा अहिले त कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा