पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
बिहीबार, २१ मङ्सिर २०८०, ११ : ५२
लिमा । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहनु भएको थियो । संवैधानिक अदालतले मङ्गलबार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् ।
फुजिमोरी साँझ ६ः ३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन् । रिहाइपछि उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए ।
केही समयअघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
-
बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची