शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयका प्रशिक्षार्थीलाई होटेल व्यवस्थापनसम्बन्धी विशेष प्रशिक्षण

बिहीबार, २१ मङ्सिर २०८०, ११ : ४२
बिहीबार, २१ मङ्सिर २०८०

नुवाकोट । नुवाकोट र रसुवाकै पहिलो आंगिक शिक्षालय पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयले होटेल व्यवस्थापनका  प्रशिक्षार्थीहरूका लागि होटेल व्यवस्थापनसम्बन्धी विशेष प्रशिक्षण सम्पन्न गरेको छ । 

मंगलबार नेपालकै पहिलो कार्यकारी सेफ गोबिन्दनरसिंह केसीले अतिथि व्याख्याता (गेस्ट लेक्चरर) का रूपमा विद्यार्थीलाई होटेल व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएका हुन् । 

 ७६ जना प्रशिक्षार्थीको उपस्थिति रहेको कार्यक्रममा केसीले आफ्नो सम्पूर्ण परिवार नै राजनीतिमा होमिँदाको चरणमै पनि आफू ठुलो संघर्षका साथ यो क्षेत्रमा अघि बढेको बताए । यद्यपि यात्राका क्रममा कयौँ चुनौतीको सामना गर्नुपरे पनि कयौँ अवसरहरूसँग सहकार्य गर्दै सफलता हासिल गर्न पाउँदा अहिले आनन्द महसुस हुने बताए ।  आफ्नो व्यावसायिक करियरको अनुभव साटासाट गर्दै उनले निरन्तर लगाव र मेहनत भए यो क्षेत्रमा सफलता हासिल गर्न सकिने धारणा राखे । उनले प्रशिक्षार्थीहरुलाई २ वटा सेसनमा होटेल व्यवस्थापनसम्बन्धी कलाबारे प्रशिक्षित गरेका थिए । 

67cf0630-2a5e-407a-8ded-235e24b748a6

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठ ,उद्योग वाणिज्य सङ्घ नुवाकोटका वरिष्ठ उपाध्यक्ष एवं  होटेल ब्याबसायी महासंघ पर्यटन शाखा केन्द्रीय उपाध्यक्ष सन्तोष उप्रेती ,होटेल व्यावसायिक महासंघ नुवाकोटका अध्यक्ष वासुदेव अधिकारी, भ्वाइस अफ सेफ मिडियामा प्रोड्युसर विक्रम गिरी, विभागीय प्रमुख द्वय सुजिता भुजु, अस्मिता बजगाईं लगायत ब्यक्तित्वहरुको उपस्थिति थियो । 

शिक्षालयका प्रशासन सहायक महेन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको सभापति तथा निमित्त शिक्षालय प्रमुख प्रकाश रैलाले आफूहरू प्रशिक्षार्थीहरूलाई उत्कृष्ट प्रयोगात्मक गराउन लागिपरेको बताए ।  साथसाथै देशका प्रख्यात होटेलहरूमा प्रशिक्षार्थीहरूको लागि इन्ट्रनसिपको लागि पठाइएको र आगामी दिनमा रोजगारीको समेत व्यवस्थापन गरिने उनको भनाइ थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप