शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

लेखनवृत्ति प्रतियोगिता आयोजना गर्दै प्रेस चौतारी नेपाल, उत्कृष्टलाई तीस हजार नगद र ट्रफी

सोमबार, १८ मङ्सिर २०८०, १० : ३३
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । प्रेस चौतारी नेपालले 'समृद्धिका लागि सङ्कल्प यात्रा' विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजन गर्ने भएको छ । प्रेस चौतारी नेपालको मङ्सिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । नेकपा एमालेको पुष्पलाल मध्यपहाडी  लोकमार्ग “झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा” सन्दर्भमा हुने लेखनवृत्ति प्रतियोगिताको लागि केन्द्रीय सदस्य समीर बलामीको संयोजकत्वमा केन्द्रीय सदस्यहरू नरेश भण्डारी, रामचन्द्र प्रजापति, सञ्जीव कालाखेती र अमिर लामा रहेको पाँच सदस्यीय समिति गठन गरेको छ ।

मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पौष १७ गते भित्र ‘नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा र पुष्पलाल मध्यपहाडी लोकमार्गले पारेको प्रभाव’ विषयमा रहेर स्टोरी र फिचर लेखि प्रेस चौतारी नेपालको इमेल आईडी [email protected][email protected] मा पठाउन आह्वान पनि गरेको छ । साथै ९८५११६२३८४ नं. को भाईवर वा वाट्सएपमा समेत लेख पठाउन सकिने प्रेस चौतारीले जनाएको छ । प्रतियोगिताको लागि डा. रघु मैनालीको संयोजकत्वमा देवराज अर्याल र निर्मला शर्मा रहेको तीन सदस्यीय निर्णायक समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिताबाट प्रथम, द्वतीय र तृतीयका साथै १० वटा सान्त्वना लेखहरू छनौट हुने जनाइएको छ । प्रथम, द्वतीय र तृतीयलाई क्रमशः तीस, बिस र पन्ध्र हजारका साथै सान्त्वनामा तीन हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक समीर बलामीले बताए ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको वस्तुस्थिति र अवस्था, जनजीवनमा पारेको प्रभाव, पुष्पलाल मध्यपहाडी लोकमार्ग र नेकपा एमालेको सम्बन्ध, नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको उद्देश्य, उपलब्धि र अभियानको सविस्तार, पुष्पलाल लोकमार्गले स्थापीत गरेको १० नयाँ सहरहरूको वस्तुस्थिति र सम्भाव्यता, पहाडी जिल्लाबाट भइरहेको बढ्दो बसाई सराई र त्यसले पार्ने प्रभावलगायतका विषयमा रहेर खोज तथा अध्ययनमूलक र तथ्याङ्कगत लेख रचना, स्टोरी र फिचरहरू लेख्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

लेख रचना, स्टोरी र फिचर कम्तीमा २००० शब्द र बढीमा ५००० शब्दको हुनुपर्ने र उक्त रचना कुनै पनि सञ्चार माध्यम वा कहीँ कतै प्रकाशित नभएको हुनुपर्ने प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर छनौट भएको लेख, स्टोरी र फिचरहरू समावेश स्मारिका प्रकाशन गरी विमोचन गर्नुका साथै विजेताहरू घोषणा गरी पुरस्कृत गरिने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप