प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई हरायो

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा खेलिएको खेलमा चेल्सीमाथि २—१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
जारी सिजनको लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सी दुवैले गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । चेल्सीले अघिल्लो सिजनको लिगमा पनि निराशाजनक प्रदर्शन गरेको थियो । आफ्नो पछिल्लो खेलमा युनाइटेडका लागि दुबै गोल स्कट म्याक टोमिनीले गरेका थिए ।
जारी सिजनमा २६ वर्षीय मिडफिल्डर स्कटले ओल्ड ट्राफोर्डमा दुई गोल गरेको यो दोस्रो पटक हो । स्कटल्यान्डका खेलाडी स्कटले खेलको दुबै हाफमा एक—एक गोल गरेका थिए । खेल सुरु भएको १९औँ मिनेटमा उनले म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ४५औँ मिनेटमा चेल्सीका कोल पाल्मरले जवाफी गोल गरेपछि पहिलो हाफ १—१ को बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलको ६९औँ मिनेटमा स्कटले नै पुनः अर्को गोल थप्दै म्यानचेस्टर युनाइटेडलाई महत्वपूर्ण तीन अङ्क दिलाएका थिए ।
जारी सिजनको लिगमा हालसम्म १५ खेल खेलेको म्यानचेस्टर युनाइटेड २७ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । म्यानचेस्टर युनाइटेडले हालसम्म नौ जित र ६ हारको नतिजा निकालेको छ । समान खेल खेलेको चेल्सी भने १९ अङ्कसहित तालिकाको १०औँ स्थानमा आसीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने
-
प्रत्यक्ष निर्वाचित कार्यकारी भएर बालेन नै आए पनि फरक पर्दैन : प्रचण्ड