मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी वैदेशिक रोजगार बोर्डले निकाल्यो यस्तो सूचना
बिहीबार, २१ मङ्सिर २०८०, ०८ : २७

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषको निक्षेप अवधि आगामी पुस १ गतेदेखि समाप्त हुने विभिन्न बैङ्कको मुद्दती खातामा रहेको निक्षेप रकम पुनः लगानी गर्ने भएको छ ।
निक्षेपमा रहेको १२० करोड १ वर्षको लागि पुनः लगानी गरिने भएकोले नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त क वर्गका वाणिज्य बैङ्कहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गर्ने ब्याजदर लगायत अन्य विवरण सहित सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्न सचिवालयले आग्रह गरेको छ ।
सचिवालयले मङ्सिर २८ गतेभित्र प्रस्ताव पेश गर्न समय तोकेको छ । पेश हुन आएका सिलबन्दी प्रस्तावहरू सोही दिनको १२:३० बजे खोलिने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
-
गण्डकी प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त
-
लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ : कार्यवाहक सभापति खड्का
-
‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बैतडीका स्थानीय तह
-
बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार
-
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन