रुपन्देहीमा ११ लाख बराबरको चिनीसहित गाडी नियन्त्रणमा
बुधबार, २० मङ्सिर २०८०, २१ : ५६

बुटवल । रुपन्देही प्रहरीले अवैध चिनीसहित बोलेरो पीकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–५ स्थित पर्सहवाबाट बुधवार ५६ बोरा चिनीसहित गाडी नियन्त्रणमा लिएको हो ।
बुटवल उपमहानगरपालिका–२ का ३२ वर्षीय ईश्वर भुसालले चलाएको लु २ च २४ नम्बरको पीकअपमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याइएको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले चिनी र गाडीसहित अन्दाजी मूल्य रु ११ लाख ८२ हजारको रहेको बताए । प्रहरीले सो गाडीमा सवार बुटवल–१३ का २० वर्षीय अर्जुन कुँवरलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका मानिस, बरामद चिनी र गाडी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड
-
आज कति छ तरकारी र फलफूलको थोक मूल्य ?