शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको अभाव

बुधबार, २० मङ्सिर २०८०, २० : १६
बुधबार, २० मङ्सिर २०८०

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बाल रोग विशेषज्ञ नहुँदा बच्चाहरूको उपचारमा समस्या  भएको छ ।

करिब ६ महिनादेखि बाल रोग विशेषज्ञ नहुँदा प्रतिष्ठानमा बालबालिकाको जटिल उपचारका लागि बुटवल, नेपालगन्ज   धाउनु परेको स्थानीयको गुनासो छ ।

अहिले बच्चाको उपचारका लागि एनआईसीयु, पीआईसीयुको सुविधा भए पनि विशेषज्ञ चिकित्सक नहुँदा उपलब्धिविहीन भएको छ ।

दाङ, लमहीका यादव थारुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ नभएकै कारण आफूले बच्चालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको बताए ।

प्रतिष्ठानका प्रवन्धक राजेन्द्र न्यौपानेले बाल रोग विशेषज्ञ ल्याउन पहल भइरहेको रातोपाटीलाई बताए । उनले पुस १ गते हाजिर हुने गरी विशेषज्ञ डाक्टर ल्याउने तयारी भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप