मेलम्चीको पानी चाँडै पथान्तरण गर्न मन्त्री यादवलाई सुझाव

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गएकोले तत्काल मेलम्चीको पानी पथान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । खानेपानी मन्त्री महिन्द्रराय यादवले आज मन्त्रालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो सुझाव आएको हो ।
सुख्खायाम सुरु भइसकेको कारणले पनि काठमाडौँ उपत्यकामा पानीको अभाव सृजना भएकाले कसरी हुन्छ तत्कालै मेलम्चीको पानी पठाउनुपर्ने धारणा उनीहरूको थियो । छलफलमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रतिनिधि सभा सदस्य, काठमाडौँ उपत्यकाभित्रका सबै स्थानीय तहका प्रमुख, हेलम्बु गाउँपालिकाका अध्यक्ष, उपभोक्ता समितिका प्रतिनिधि तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको उपस्थिति थियो । जवाफमा मन्त्री यादवले मेलम्चीबाट पानी ल्याउने प्रयास भइरहेको र मर्मतका काम सकिए लगत्तै पानी पठाउने प्रतिबद्धता जनाए ।
यस्तै स्थानीय तहहरूमा अवस्थित पानीका श्रोतहरूको पहिचान, प्रयोग, संरक्षण तथा पुनर्भरण सम्बन्धमा पनि सरोकारवालाले सुझाव दिएका छन् । काठमाडौँ उपत्यकाभित्र खानेपानी व्यवस्थापनमा संलग्न निकायहरूको पुनर्संरचना गर्न पनि उनीहरूले सुझाव दिएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।
काठमाडौँ उपत्यका भित्रका खानेपानी तथा सरसफाइ क्षेत्रको सम्पत्तिको दिगो व्यवस्थापन र सञ्चालन तथा प्रभावकारी नियमनको व्यवस्था गर्न पनि सुझाव दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वित्तीय र प्राविधिक क्षमतामा सुधार गरी खानेपानी सेवा वितरणमा गुणस्तर वृद्धि गर्न काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचना तथा मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानको लागि कार्य गर्न मन्त्री यादवलाई सुझाव दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
-
राजधानीबाट अर्का बंगलादेशी नागरिक पनि पक्राउ, ५ थान नेपाली पासपोर्ट बरामद
-
म्यानमारमा अनलाइन स्क्यामिङमा फसाइएका २ नेपालीको उद्धार
-
दिनको १ घण्टा मात्रै मोबाइलमा टाँसिए पनि हुन्छ मायोपिया, तपाईं कति चलाउनुहुन्छ ?
-
पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै सरकार
-
मास्क लगाएर अक्सिजन च्याम्बरमा किन काम गरिरहेछन् यी अर्बपति ?