प्रकाश सपुत विवाद : भिडियो निर्माता शुभारम्भ डिजिटलले माग्यो माफी

काठमाडौँ । अभिनेता तथा गायन प्रकाश सपुतको यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । चार महिना अगाडि ‘कमाउनी नी हो, रमाउनी नी हो‘ गीतको म्युजिक भिडियो छायांकनका क्रममा इनारमाथि नाचेको भिडियो दृश्यले उनको आलोचना भएको हो ।
इनारमाथि उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त इनार जीवित देवी कुमारीले वसन्तपुरमा प्रयोग गर्ने इनार भएको भन्दै उनको आलोचना भएको हो ।
कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत आरोप उनीमाथि लागेको छ । यस विषयमा उनले माफी मागे पनि अझै आलोचना र गाली रोकिएको छैन ।
यस्तैमा म्युजिक भिडियोको निर्माता कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्रालिले पनि यस विषयमा माफी मागेको छ । शुभारम्भले बुधबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको दृश्य आधिकारिक भिडियोमा प्रयोग नभएको समेत बताएको छ ।
‘हाम्रो उद्देश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन । अन्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भए हामी क्षमाप्रार्थी छौं’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सामाजिक सञ्जालमा देखाइएको जस्तो दृश्य हाम्रो च्यानलमा रहेको आधिकारिक भिडियोमा प्रयोग नभएको जानकारी गराउँदछौँ ।’ शुभारम्भले अनुमित लिएर भिडियो छायांकन गरेको समेत दाबी गरेको छ ।
शुभारम्भले भिडियोका नायक प्रकाश सपुतलाई पनि गाली नगर्न अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वात्तै घट्यो मूल्यवृद्धि, कहाँ कस्तो छ अवस्था ?
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक