भिजिट भिसा प्रकरण
नेपालीलाई रुसी सेनामा पठाउने गिरोहको साथबाट २७ लाख ६० हजार बरामद
बुधबार, २० मङ्सिर २०८०, १७ : ०४

काठमाडौँ । नेपाली नागरिकलाई ‘भिजिट भिसा’ मा रुसको सेनामा भर्ना हुन पठाउने गिरोहको साथबाट प्र्रहरीले २७ लाख ६० हजार बरामद गरेको छ । ओखलढुंगा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीया सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालको साथबाट प्रहरीले १४ लाख १८ हजार ५ सय नगद बरामद गरेको छ ।
दाहाल र अर्यालको समूहबाट २७ थान पासपोर्ट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सिनामंगलस्थित ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद र १६ थान पासपोर्ट प्रहरीले बरामद गरेको छ । छुट्टाछुट्ट्रै समूहबाट २७ लाख ६० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
भिजिट भिसामा रुसको सेनामा पठाएको आरोपमा पक्राउ गरिएका १२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।