एनसेल खरिद बिक्रीबारे प्रचण्ड, देउवा र नेपालबिच छलफल

काठमाडौँ । प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच बालुवाटारमा भेटवार्ता भएको छ । बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।
एनसेलको शङ्कास्पद शेयर खरिद–बिक्रीबारे चर्चा र बहस भइरहेका बेला सत्तारुढ तीन दलका नेताहरूबिच भेटवार्ता र छलफल भएको हो । नेताहरूबिच एनसेल खरिद विक्री प्रकरण बारे कुराकानी भएको बुझिएको छ । तीन नेताबिच छानबिनका लागि समिति गठन गर्नेबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।
मङ्गलवार साँझ पनि गठबन्धन दलका नेताहरूबिच भएको छलफलमा उक्त कारोबार शंकास्पद भन्दै छानबिन गर्ने सहमति जुटेको थियो । तर सरकारले छानबिन समिति भने गठन गरिसकेको छैन । बुधवार संसद्का २ वटा संसदीय समितिमा पनि एनसेलबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो । एक खर्ब ४३ अर्बको एनसेल ६ अर्बमा बेचेको सार्वजनिक भएपछि यसबारे सर्वत्र चासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ