निगमको जहाज खरिद टेन्डरमा तीनवटा कम्पनीको पर्यो आवेदन

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (वायु सेवा निगम) ले तीनवटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटा कम्पनी कै आवेदन परेको छ । हिन्दुस्तान एओरोनोटिकल लिमिटेड, इन्डिया, डी हाविल्याण्ड, क्यानडा र एयरक्राफ्ट इन्ड्रस्ट्रिज, चेक रिपब्लिकाले निगमको जहाज खरिद प्रक्रियामा भाग लिन टेन्डर हालेका हुन् ।
निगमले गत २२ अक्टोबर, २०२३ अर्थात् गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै तीनवटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । डिसेम्बर ५, २०२३ दरखास्त अन्तिम मिति रहेकोमा अन्तिम समयमा तीनवटा कम्पनीले टेन्डर हालेको प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए ।
योसँगै अब निगमको जहाज खरिद प्रक्रिया थप अघि बढेको प्रवक्ता पौडेलको भनाइ छ । ‘अब जहाज खरिद प्रक्रिया थप अघि बढ्यो । तीनवटा कम्पनीको आवेदन परेको छ । यीमध्येबाट मूल्याङ्कनको काम अघि बढ्छ’ प्रवक्ता पोखरेलले भने ।
हाल दुईवटा ट्वीअनटर जहाज मात्र रहेकोमा निगमले थप तीनवटा जहाज किनेर दुर्गम क्षेत्रको उडान भर्ने जनाएको छ । उसो त आफ्नै स्रोतबाट जहाज खरिद गर्न लागेको निगमले बताइराख्दा यता आलोचना समेत चुलिएको छ । पहिलेकै जहाज खरिद गर्दाको ४८ अर्बमाथिको ऋण चुक्ता गर्न बाँकी निगमले थप तीनवटा जहाजको भुक्तानी दिन नसक्ने भन्दै आलोचना भइरहेको छ ।
तर, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले निगमलाई कुनै पनि हालतमा माथि उठ्न नदिन चौतर्फी प्रहार भइरहेको बताएका छन् । ‘निगमलाई राम्रो हुनै दिँदैनन् । आफैँले कमाएर जहाज खरिद गर्छु भन्दा पनि आलोचना भइरहेको छ ।’ जहाज खरिद प्रक्रियामा अवरोध पुर्याउन आफू विरुद्ध नै लागेको समेत मन्त्री किरातीको भनाइ छ ।
तर, निगम जहाज किन्न सक्षम रहेको बताउँदै मन्त्री किराँतीले जहाज किनिछाड्ने अठोट गर्दै थप ठुला जहाज समेत खरिद गर्न निगम तयारी अवस्थामा रहेको रातोपाटीसँग बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध