राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित
बुधबार, २० मङ्सिर २०८०, १५ : १८

काठमाडौँ । राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित हुने सहमति भएको छ । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित हुने सहमति पत्रमा बुधवार हस्ताक्षर भएको हो ।
५ बुँदे सहमति पत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र तथा सर्व धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापनाको निम्ति आगामी दिनमा सशक्तरुपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
-
बबरमहलमा राप्रपाको प्रदर्शन
-
गभर्नर विवादसम्बन्धी रिट तेस्रो दिन पनि हेर्न नभ्याइने
-
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय