मगर भाषा प्रयोगबारे मन्थन

काठमाडौँ । सरोकारवालाहरुबीच मगर समुदाय र संस्कृतिमा मगर भाषाको प्रयोगबारे मन्थन भएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसादसहित सरोकारवालाहरु उपस्थित उक्त कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले कार्यपत्र पेश गरेका थिए ।
कार्यपत्रमा नेपाली समाजमा मगर भाषा र यसको महत्त्व,मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको अवस्था,जन्म संस्कार ,छेवर तथा गुन्यूचोलो संस्कार,विवाह संस्कार ,मृत्यु संस्कार,मगर भाषाका कर्मकाण्डीय पुस्तक, मगर भाषाको प्रयोगका बारेमा चर्चा गरिएको छ ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)ले संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, धर्म, व्यवहारमा मगर भाषाको प्रयोग कसरी भइरहेको छ र भाषा बोलाईमा किन ह्रास आइरहेको छ भन्ने कारण खोज्ने प्रयत्न कार्यपत्रले गरेको बताए ।
यसैगरी संस्कृतिविद् प्रा.डा.प्रेमकुमार खत्रीले प्रत्येक भाषा, संस्कृति र संस्कारको उत्खनन् र संरक्षण आफैँले गर्नुपर्ने बताए । कार्यक्रममा भाषाविद् पूर्ण रानाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए भने सहभागीका तर्फबाट सुरेन्द्र थापा, डा.लालबहादुर पुनमगर, नरकुमारी घर्तीमगर, हेमबहादुर पुलामी मगर, माया रोका मगर, उत्तमनारायण मल्ल र सञ्जोग लाफामगर लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने
-
राप्रपाको प्रदेशस्तरीय आमसभाको तयारी पूरा