कविता : सयौँका भरोसा
जनता शोकमा भएको बखत
उनले टीका लगाएनन्
जनता दुःखमा भएको बखत
उनले सुखको सहर रोजेनन्
भूकम्पले थलिएका जनतासँगै उनले दुःख साटे
खुला आकाशमा रहेका जनतालाई मुन्टो लुकाउने छाना बनाए
आफैँ पसिना बगाएर
आफैँ बेल्चा चलाएर
आफैँ बन्चरो उदाएर
आफैँ हतौडा बोकेर
बस्तीको आगनमा छिरे
बस्तीमा आशाको किरण बनी उदाए
प्रलयले निस्सासिएको दाजुभाइसँगै उभिएर
उनले घोषणा गरे
यो प्रलयलाई जित्छौँ हामी
उनी श्रमको हतियार लिएर मैदानमा उत्रिए
उनी डकर्मी बनेर उत्रिए
उनी सिकर्मी भएर उत्रिए
उनी मजदुर भएर उभिए
उनी सिपाही भएर उत्रिए
उनी आशा र भरोसाको केन्द्र बनेर उभिए
जगतमा आपत् कहिले कोरोना भएर आयो
उनी फेरि उभिए
त्यो बेला पनि उनी अस्पताल भएर उभिए
डाक्टर भएर उभिए
कहिले हेल्पर भएर उभिए
उनी भरोसा भएर उभिए
युद्धमा आपत् खारा बनेर आयो
गणेशपुर भएर आयो
उनी पिली बनेर उभिए
विजयको गणतन्त्र बनेर उभिए
धर्तीमा आपत् लोडसेडिङ भएर आयो
उनी उज्यालो भएर उभिए
सिंहदरबारका भित्ताहरूमा गाउँ र किसानका तस्बिर सजाएर उभिए
उनी इमानको घोडा चढेर सतिसाल झैँ उभिए
वर्गीय मायाको पहाड बोकेर उनी सतीसाल झैँ उभिए
त्यो उभिने मान्छे
त्यो उज्यालो भएर उभिने मान्छे
त्यो जित बनेर उभिने मान्छे
त्यो जनार्दन शर्मा हो ।