हलिउड छाडेर किन जाँदैछिन् एञ्जेलिना जोली ?

लस एञ्जलस । हलिउड अभिनेत्री एन्जेलिना जोलीले हलिउड र लस एञ्जलस (एलए) छाड्ने योजना बनाएकी छन् । हालै एउटा अन्तरवार्तामा जोलीले सही समय आएपछि कम्बोडिया बसाई सर्ने बताएकी थिइन् । एलए छाड्नुको कारण ब्राड पिटसँगको सम्बन्ध विच्छेद र कानूनी लडाई भएको उनले स्वीकार गरेकी छन् ।
‘म अभिनेत्री हुन्नथे भने यसरी सार्वजनिक भएर यति धेरै कुरा भन्दिनथे । म हलिउडकै वरिपरि हुर्केर बढेको हुँ, त्यसैले यसबाट धेरै प्रभावित भएकी छैन । मैले कहिले पनि यसलाई त्यति धेरै महत्वपूर्ण मानिन,’ जोलीले भनिन्,‘मेरो सम्बन्ध विच्छेदपछि जे भयो यो सबै त्यसकै हिस्सा हो । मैले स्वतन्त्र रुपमा रहने र यात्रा गर्ने क्षमता गुमाए । जतिबेला सम्भव हुन्छ म जान्छु ।’
एलए छाड्नुको कारण खुलाउँदै जोलीले भनिन् । हलिउडलाई उनले स्वस्थ ठाउँ नभएको पनि बताएकी छन् । अहिले आफ्नो कुनै सोसल लाइफ नभएको जोलीको भनाई छ ।
यसो भनिरहँदा उनले आफूले कसैलाई पनि डेट गरी नरहेको पुष्टि पनि गरेकी छन् । छोराछोरी नै आफ्नो साथी भएको पनि उनले बताइन् ।
‘छोरा छोरी नै मेरो अनि मेरो जीवनको सबैभन्दा नजिकको मान्छे र नजिकका साथी हुन्, हामी सातजना फरक मान्छे, एक अर्काको ताकत हौं,’ जोलीले भनिन् । ब्राड पिटसँग जोलीका ६ छोराछोरी छन् । ब्राडसँगको सम्बन्ध विच्छेदले छोराछोरीलाई पनि असर पुर्याएको जोलीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल