रूसमा श्रम स्वीकृति दिन रोक, वैदेशिक रोजगार विभागलाई छैन पत्राचार
काठमाडौँ । परराष्ट्र मन्त्रालयले श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको छ । रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएपछि परराष्ट्रले नेपालीहरूलाई श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको हो ।
सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न बाहेकलाई रूस जाँदा कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने व्यवस्था गरेको छ । विभागले एनओसी जारी गरेपछि मात्रै रूस जान दिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
श्रम स्वीकृति लिएर रूस जान रोक लगाएको विषयमा वैदेशिक रोजगार विभागले भने जानकारी नरहेको बताएको छ । श्रम स्वीकृति दिन रोक लगाइएको विषयमा परराष्ट्र मन्त्रालयबाट कुनै पत्राचार नभएको विभागका महानिर्देशक मदन दहालले बताए ।
पछिल्लो समय श्रम स्वीकृति लिएर रूस कोही पनि नगएको उनको भनाइ छ । ‘केही दिन अगाडिसम्म २/३ जना गएको थिए । तर, अहिले त त्यस्तो श्रम स्वीकृति लिएर जानेहरू छैनन् । हाम्रो मन्त्रालयमा मार्फत पत्राचार भयो भने रोक्छौँ ।’ उनले भने ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परम्परागत रूपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जनाएको थियो । तर, श्रम स्वीकृति लिएर गएका, भिजिट भिसा मार्फत गएका तथा पढ्नको लागि रूस तथा युक्रेन गएका नेपाली दुवै देशको सेनामा भर्ना हुँदै आएका थिए ।
विभागको तथ्याङ्क अनुसार कात्तिक महिनामा व्यक्तिगत र संस्थागत रूपमा श्रम स्वीकृति लिएर ४२ जना नेपाली रूस गएका छन् । जसमा २७ जना संस्थागत रूपमा र १५ जना व्यक्तिगत श्रम स्वीकृति लिने रहेका छन् । असोजमा ४१ जना गएका थिए ।
युक्रेनमा भने सरकारले यसअघिदेखि नै श्रम स्वीकृति दिन रोक लगाएको थियो । रूसी सेनामा कार्यरत गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई पोखरा, स्याङ्जाका पितम कार्की, दोलखाका राज कुमार रोका र इलामका गंगाराज मोक्तानको युक्रेनसँगको लडाइँमा मारिएका थिए ।
नेपालले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन अनुरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमा रहेको पार्टीले सभा र र्याली गरेको भन्नेहरूलाई दरबारमार्गबाट फर्कायो एमालेले जवाफ
-
क्रेडिट रेटिङको प्रत्यक्ष फाइदा बैंकलाई, विदेशी ऋणमा डेढ प्रतिशतसम्म घट्ने
-
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
-
सहकारी पीडितद्वारा मानव अधिकार आयोगको कार्यालय घेराऊ, तस्बिरमा हेर्नुहोस्
-
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
-
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल