‘फाइटर’मा ऋतिक र दीपिकाको लुक सार्वजनिक

मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ चर्चामा छ । यसैबिच चलचित्रमा दीपिका र ऋतिकको लुक सार्वजनिक गरिएको छ । यो फिल्म भारतको पहिलो एरियल एक्सन फिल्म हुनेछ।
इन्स्टाग्राममा पोस्टर सेयर गर्दै दीपिकाले लेखेकी छिन्– स्क्वाड्रन लिडर मीनल राठोड, कल साइनः मिन्नी, पदनामः स्क्वाड्रन पाइलट र युनिटः एयर ड्र्यागन । यसअघि ४ डिसेम्बरमा ऋतिक रोशनले फिल्मको पहिलो लुक सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
उनले क्याप्सन लेखेका छन् ( स्क्वाड्रन लिडर शमशेर पठानिया उर्फ प्याट्टी। उनले आफ्नो पद र एकाइ पनि खुलासा गरेका छन् । फिल्ममा ऋतिक रोशन र दीपिका दुवै स्क्वाड्रन पाइलटको लुकमा देखिनेछन् । दीपिकाको पोस्टमा कमेन्ट गर्दै पति रणवीर सिंहले यसको तारिफ गरेका छन् ।
दीपिकाको लुकको सबैले तारिफ गरिरहेका छन् । अभिनेता(निर्देशक फरहान अख्तरले ऋतिकको पोस्टमा लेखेका छन्( शार्प लुक। त्यस्तै पूजा हेगडेले लेखेकी छिन्, ‘तपाईं कति राम्रो देखिन्छौँ ?’ ऋतिककी प्रेमिका सबा आजादले पनि कमेन्ट गरेकी छिन्– गो प्याटी ।
‘स्पिरिट अफ फाइटर’ नामको फिल्मको टिजर १५ अगस्टमा रिलिज भएको थियो । ५७ सेकेन्डको यो टिजरमा ऋतिक, दीपिका र अनिल कपूरको एयर फोर्स अफिसर लुक्स सार्वजनिक गरिएको थियो । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । सिद्धार्थ आनन्दले यो फिल्म २०२१ मा घोषणा गरेका थिए ।
ऋतिक रोशन र दीपिका पादुकोण पहिलो पटक ‘फाइटर’ मा सँगै देखिने भएका छन् । यी बाहेक यस फिल्ममा करण सिंह ग्रोवर र अक्षय ओबेरोय पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक