२४ घण्टासम्म बाढीमा फसे आमिर खान, उद्धारको फोटो भाइरल

चेन्नई । मिचौङ चक्रवातले भारतको दक्षिणी राज्यहरूमा विनाश जारी राखेको छ। तमिल अभिनेता विष्णु विशालसँगै बलिउड सुपरस्टार आमिर खान पनि चक्रवातका कारण चेन्नईमा आएको बाढीमा फसेका थिए । अहिले इन्टरनेटमा नयाँ तस्बिरहरू आएका छन् । जहाँ आमिर खान उद्धार डुङ्गामा देखिएका छन् । विष्णुले एक्समा केही तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।
तस्बिरमा विष्णु र आमिर खान उद्धार डुङ्गामा सँगै देखिएका छन् । उनीसँगै विष्णुकी पत्नी तथा ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टा पनि छिन् । एक्समा तस्बिरहरू सेयर गर्दै विष्णुले लेखे, ‘हामी जस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा उद्धार टोलीलाई धन्यवाद। करापाक्कममा उद्धार अभियान सुरु भएको छ। यस्तो कठिन समयमा तामिलनाडू सरकारले गरेको शानदार काम। निरन्तर काम गर्ने सबैलाई धन्यवाद।’
बाढीका कारण पानी र बिजुली बिना आमिर त्यहाँ २४ घण्टा फसेका थिए । अभिनेता विष्णु विशालले पनि बाढीका कारण आफ्नो घर डुबेको सामाजिक सञ्जालमा बताएका थिए । त्यसपछि सरकारले तत्काल उद्धार टोली पठाएको थियो । केही समयपछि विष्णु विशालले सामाजिक सञ्जालमा केही तस्बिर सेयर गर्दै आफूलाई सकुशल उद्धार गरिएको जानकारी दिए ।
हाल आमिर खान आफ्नी बिरामी आमा जीनत हुसैनको उपचारका लागि मुम्बईबाट चेन्नई गएका थिए । उनलाई केही महिनाअघि हृदयाघात भएको थियो । उनको चेन्नईमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्