काठमाडौँमा स्टिल्केसको प्रमुख डिलर शोरूम खुल्यो

काठमाडौँ । स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाडौँमा खोलेको छ । एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसले विभिन्न फर्निसि र ब्रान्डहरुको नेपालभर उपलब्ध गराउन डिलर सोरुम खोलेको हो ।
‘हामी यहाँ नेपालमा आएर खुसी र गर्वित छौँ । हाम्रो डिलर साझेदारहरू विश्वभरी स्थानीय विशेषज्ञहरूको समुदाय हुन् र हामी फ्युजनसँग साझेदारको रूपमा यहाँ छौँ। हाम्रो संयुक्त प्रयासबाट कार्यस्थललाई अझ प्रभावकारी बनाउन चाहन्छौंँ’, प्रबन्ध निर्देशक तीर्थाङ्कर बासुले भने ।
नयाँ तीन तले शोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ। प्रसिद्ध चेयरहरु थिङ्क, जेस्चर, र पर्सनालिटी प्लस सहित वर्कस्टेसनहरू काठमाडौँको माइतीघर मण्डलास्थित शोरूममा प्रदर्शन गरिएको छ ।
‘हामी नेपालले स्टिलकेसका लागि प्रस्तुत गरेको अवसरप्रति उत्साहित छौँ । यो विस्तार हाम्रो अत्याधुनिक समाधान र सेवाप्रतिको प्रतिबद्धता अनुरुप छ’, बिक्री निर्देशक राम मोहनले भने ।
सन् १९१२मा स्थापित स्टिलकेस कम्पनी विश्वमा कार्यस्थलको डिजाइन र विचारमा अग्रणी रहेको छ। ३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)