मेस्सी टाइम पत्रिकाको वर्ष खेलाडी घोषित
बुधबार, २० मङ्सिर २०८०, ०९ : ५८
_mx5wqUyah4.jpg)
न्युयोर्क । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी प्रतिष्ठित टाइम म्यागजिनको वर्ष खेलाडी घोषित भएका छन् ।
गत जुलाईमा मियामीमा आबद्ध भएका मेस्सीले १४ खेलमा ११ गोल गर्दै टोलीलाई पहिलो ट्रफीका रूपमा लिग्स कपको उपाधि दिलाएका थिए । ३६ वर्षीय खेलाडीले गत अक्टोबरमा कीर्तिमानी आठौँ बालोन डी’ ओरको उपाधि पनि हासिल गरेका थिए ।
‘लियोनेल मेस्सीले इन्टर मियामीमा यो वर्ष आबद्ध भएपछि अमेरिकालाई फुटबल राष्ट्रमा परिणत गरे, जुन कुरा असम्भव भनिन्थ्यो,’ टाइमले भनेको छ । टाइम म्यागजिनका अनुसार मेस्सीको आगमनले रंगशालामा दर्शकको सङ्ख्या बढ्नुका साथै टिको मूल्य, मर्चेन्डाइज बिक्री र एमएलएसको दर्शकको सङ्ख्यामा वृद्धि भएको छ ।
यसअघि जिम्नास्ट सिमोनी बाइल्स, एनबीए सुपरस्टार लेब्रोन जेम्स, पौडीबाज माइकल फेल्प्सले यो उपाधि हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु