जाजरकोटका भूकम्पपीडित विद्यार्थीलाई न्यानो कपडा वितरण

जाजरकोट । जाजरकोटका भूकम्पपीडित विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । अमेरिका निवासी अनिता बरालले जाजरकोट नगलगाढका ७० विद्यार्थीलाई ज्याकेट सहितको न्यानो कपडा वितरण गरेकी हुन् ।
चिसोले भूकम्पपीडितको मृत्यु भएको समाचार पढेपछि बरालले १ हजार अमेरिकी डलर बराबरको ज्याकेट, टोपी, पञ्जालगायतका न्यानो कपडा सहयोग गरेकी हुन् । बरालले अमेरिकाबाट नै रकम पठाएर उद्धार र पुनर्निर्माणमा खटिएका स्वयमसेवकमार्फत् उक्त ज्याकेट, मोजा र पन्जा वितरण गरेकी हुन् ।
बरालले ससाना बालबालिका विद्यालय जान नसकेको समाचार पढेको र थोरै भए पनि सहयोग गरेको रातोपाटीलाई बताइन् । यसबाट एक विद्यालयका विद्यार्थीहरु लाभान्वित भएकामा खुसी व्यक्त गरिन् । साथीहरूसँग सल्लाह गरेर थप सहयोगका लागि पनि पहल गर्ने बरालले बताइन् ।
गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पमा परी नलगाढ नगरपालिका वडा नम्बर ५ ऐरारीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीको समेत निधन भएको थियो । विद्यालयको दुईकोठे भवनसमेत भत्किएपछि केही विद्यार्थीलाई खुला चौरमा राखेरसमेत अध्यापन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक गणेश बहादुर शाहीले जानकारी दिए ।
नलगाढको उक्त विद्यालय उच्च पहाडी क्षेत्र भएको र अत्यधिक चिसो हुने स्थान भएकाले डाउन ज्याकेट आएपछि विद्यार्थीलाई पढाउन समेत सहज हुने प्रधानाध्यापक शाहीले बताए । शाहीका अनुसार मंगलबार ६० विद्यार्थीलाई वितरण गरिएको र छुटेका केही विद्यार्थीलाई बुधबार वितरण गरिने छ ।
नलगाढ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमराज वलीले भूकम्पपीडित विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेकामा बराललाई धन्यवाद दिएका छन् । वडाध्यक्ष वलीले भूकम्पबाट साना बालबालिका सबैभन्दा पीडित रहेको र राज्यको तर्फबाट समेत सहयोग र समन्वय भइरहेको भन्दै न्यानो कपडाले विद्यार्थीलाई विद्यालयमै आएर अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म