केपी ओलीका कारण कम्युनिस्ट आन्दोलन धुजाधुजा छ : नेता खतिवडा
मङ्गलबार, १९ मङ्सिर २०८०, १५ : २३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको आरोप लगाएका छन् ।
मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै नेता खतिवडाले आफ्ना गल्ती ढाकछोप गर्न अध्यक्ष ओलीले आफ्नो पार्टीलाई गाली गर्ने गरेको समेत बताए ।
‘यहाँको राजनीतिको खलनायकको भूमिका केपी ओली र उहाँको नेतृत्वले खेलिरहेको छ भन्ने कुरा मुलुकलाई जगजाहेर छ’, खतिवडाले भने, ‘उहाँकै कारणले नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा हुन पुगेको कुरा पनि आम नेपाली जनताले बुझेका छन् ।’
उनले आफ्ना गल्ती ढाकछोप गर्न एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई जति धेरै गाली र श्राप दिए पनि त्यो गालिले एकीकृत समाजवादी नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले वायु प्रदूषणमा राहत
-
तस्बिरमा हेर्नुहोस् हिउँदे वर्षाले निथ्रुक्क काठमाडौँ
-
कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक
-
मणिलेक बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, सभापतिमा मनोज दत्त ओझा
-
अवैध लागू औषधसहित एक जना पक्राउ
-
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीनको चोङकिङ