प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि...
काठमाडौँ । मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ । बुद्ध एयरको ५०१ नम्बरकाे एटीआर ७२ जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उक्त फ्लाइटमा रहेका थिए । बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बुद्ध एयरका सञ्चार अधिकृत दीपेन्द्र कर्णले रातोपाटीलाई जानकारी दिए ।
बिहान जहाज उड्ने बेलामा जनकपुरको मौसम ठिक थियो । आवश्यक भिजिबिलिटी राम्रो थियो । तर, जब जहाज उड्यो तब उताको मौसम बिग्रियो । कम भिजिबिलिटीका कारण जहाज ल्यान्ड गर्न नसकेर काठमाडौँ फर्किएको हो’ उनले रातोपाटीसँग भने ।
जहाजमा प्रधानमन्त्री प्रचण्डसहित ६५ जना यात्रु रहेका थिए । १०–१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौँ फर्किएको जहाज १२ः४१ बजे पुनः जनकपुर उडेको थियो । सोही जहाजमा प्रधानमन्त्री जनकपुर गएको कर्णले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण