महाधिवेशनको मिति तोक्न एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को ६९ औँ सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक साढे ११ बजेबाट सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सोमबारबाट सुरु भएको बैठकमा पहिलो दिन राष्ट्रिय सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।
सोमबार महाधिवेशनको मिति सार्नेबारे छलफल भए पनि निर्णय हुन सकेको थिएन । आजको बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने नेताहरूले बताएका छन् ।
यसअघि सो पार्टीले माघ १४–१८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरे पनि भूकम्प, राष्ट्रिय सभा निर्वाचन लगायतलाई देखाएर उक्त मितिमा महाधिवेशन हुन नसक्ने नेताहरूले बताउँदै आएका छन् ।
महाधिवेशनको नयाँ मितिबारे नेताहरूले फरक फरक मिति प्रस्ताव गरेकाले निर्णय गर्न कठिन भएको नेताहरूको भनाई छ । यद्यपि सबैको राय सुनेर अध्यक्ष नेपालले आजको बैठकमार्फत नयाँ मिति तोक्ने र सचिवालय बैठक सम्पन्न गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा