आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छः अध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको छैटौँ साधारण सभा एवं तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका हुन् ।
अध्यक्ष मल्लले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारी तर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनुपर्दछ । करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ, ।’
मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक भए पनि निजी क्षेत्र र आम सर्वसाधारणले त्यसको व्यवहारिक अनुभूति गर्न नसकेको अध्यक्ष मल्लको भनाई छ । मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको अध्यक्ष मल्लको भनाई छ ।
सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिए ।
बजेटमा महत्त्वाकाङ्क्षी कार्यक्रमहरू घोषणा भए पनि कार्यान्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लको भनाइ छ । सरकार फेरिएसँगै नीतिहरू फेरिनाले पनि अर्थतन्त्र सधैँ अस्थिर हुने गरेको अध्यक्ष मल्लले बताए । अर्को प्रसङ्गमा अध्यक्ष मल्लले भक्तपुरलाई अन्तर्राष्ट्रिय पर्यटक आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार