सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट दुई जना पक्राउ
मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : १८
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय सङ्गीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्ने क्रममा सङ्गीतको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औँठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन