मङ्गलवार मौद्रिक नीति नआउने, कात्तिकको वित्तीय रिपोर्ट कुर्दा ढिलाइ !

काठमाडौँ । मङ्गलवार आउने भनिएको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाको सम्भावना टरेको छ । केन्द्रीय बैङ्कले मौद्रिक नीतिका लागि मङ्गलवार बिहान बोर्ड बैठक बोलाएको थियो । तर, मङ्गलवारको बैठकले मौद्रिक नीति पास नगरेको राष्ट्र बैङ्कले रातोपाटीलाई जानकारी दिएको हो ।
‘अरू नै कुनै सन्दर्भमा, मुद्दामा बोर्ड बैठक बसेको हुनसक्छ । तर, मौद्रिक नीति पास भएको छैन’ केन्द्रीय बैङ्कका प्रवक्ता समेत रहेका निर्देशक डा.गुडाकर भट्टले रातोपाटीसँग भने, ‘आज मौद्रिक नीतिको समीक्षा आउने सम्भावना छैन ।’
खास गरी केन्द्रीय बैङ्कले पछिल्लो तथ्याङ्क (कात्तिक महिनासम्मको वित्तीय रिपोर्ट) हेरेर मात्र मौद्रिक नीति ल्याउन खोजेको प्रवक्ता डा.भट्टको भनाइ छ ।
‘प्रायः सबैजसो पक्ष बैङ्कको निर्देशन, सर्कुलरमार्फत आइसकेका छन् । अब मौद्रिक नीतिले परिवर्तन गर्नुपर्ने त्यस्तो खास मुद्दा छैनन् । तैपनि, केन्द्रीय बैङ्कले पछिल्लो वित्तीय रिपोर्ट हेरेर मात्र मौद्रिक नीति ल्याउन खोजेको हुनसक्छ’ भट्टले रातोपाटीसँग भने ।
मौद्रिक नीतिको समीक्षा भन्दा पहिला कात्तिक मसान्तसम्मको वित्तीय रिपोर्ट ल्याउने कसरतमा केन्द्रीय बैङ्क देखिएको छ । बैङ्कले गत साउन ७ गते आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति ल्याएको थियो ।
घरजग्गा, रियलस्टेड, मार्जिन प्रकृतिको शेयर धितो कर्जा, हायर पर्चेज कर्जामा लचिलो नीति ल्याएको मौद्रिक नीतिले थप व्यवसायमैत्री नीति ल्याउन नसकेको आरोप लाग्दैआएको छ । शेयर धितो कर्जाको २० करोडको सीमा खारेजीसँगै १५० प्रतिशतसम्मको जोखिमभार हटाउन लगानीकर्ताहरूले माग गरिरहेका छन् भने यता बैङ्क तथा वित्तीय संस्थाहरूले लगानीको वातावरण बन्ने गरी मौद्रिक नीति ल्याउन केन्द्रीय बैङ्कलाई सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु