५ मिनेटमा ६ लाख थान फोन बिक्री

बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीको रेड्मी फोन निकै चर्चामा रहने गरेको छ । सस्तो मूल्यमा उत्कृष्ट फिचरहरू पाइने भएकोले पनि धेरैको रोजाइमा यो फोन पर्ने गरेको छ । यति बेला कम्पनीको अर्को एउटा फोन पनि चर्चामा छ । शाओमी रेड्मी के७० सिरिज ।
यो सिरिजमा रेड्मी के७०इ, के७० र के७० प्रो छ । फोन लञ्च हुने बित्तिकै चर्चामा छ । यसको विक्रीले पनि यही भन्छ । गिज्मो चाइनाको रिपोर्टअनुसार पहिलो दिन नै फोनको रेकर्ड विक्री शुरु भएको छ । फोनको विक्री शुरु भएको ५ मिनेटमा ६ लाख थान फोन बिकेको थियो ।
विक्री शुरु भएको मात्रै ५ मिनेटमा सो सङ्ख्यामा के७० सिरिज विक्री भएको थियो । विक्रीको यो आकार सन् २०२२ मा रेड्मी के६० को सिरिजको तुलनामा दोब्बर हो । यो फोन चीनमा लञ्च गरिएको थियो । रेड्मी के७०ई यो सिरिजको किंग मोडल हो । यो फोनमा क्वालकम स्न्यापड्र्यागन ८ जेन ३ प्रोसेसर छ । रेड्मी के७० मा भने स्न्यापड्र्यागन ८ जेन २ प्रोसेसर छ ।
अन्य स्पेशिफिकेशन
फोनमा ६.६७ इन्चको ओएलईडी २के स्क्रिन छ । यसमा १२० हर्जको रिफ्रेश रेट छ । फोनको पछाडिपट्टी तीन ओटा क्यामरा सेट छ । यसमा ५० एमपीको प्राइमरी क्यामरा, ५० एमपीको पोर्टेबल क्यामरा र १२ एमपीको अल्ट्रावाइड एंगल सेन्सर छ । फोनमा १६ एमपीको सेल्फी क्यामरा छ । फोनमा ५ हजार एमएएचको ब्याट्री छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ जना मृतावस्थामा फेला
-
शिक्षक आन्दोलन : ‘सरकारले झुक्यायो, अब सडकले निष्कर्ष निकाल्छ’
-
रुसको ठुलो आक्रमणपछि जेलेन्स्कीमाथि फेरि खनिए ट्रम्प
-
वार्ताको माध्यमबाट शिक्षकहरुको समस्या यथाशीघ्र समाधान गर्न आयोगको आग्रह
-
सम्बन्ध विच्छेदको अफवाहबारे यसो भन्छिन् गोविन्दाकी श्रीमति सुनिता
-
सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ