राष्ट्रव्यापी वक्तृत्वकलामा रिलायन्स कलेजको क्लिन स्वीप
काठमाडौँ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा चाबहिल, सरस्वतीनगरस्थित रिलायन्स कलेजले प्रथम, द्वितीय र तृतीय स्थान हात पार्दै इतिहास रचेको छ ।
नेत्रहिन युवा संघ नेपालद्वारा नयाँ बानेश्वर इन्द्रणी स्वीट्सको रानीहलमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा देशैभरिबाट माध्यमिक तहदेखि स्नातकसम्म अध्ययनरत विद्यार्थीहरुको प्रतिस्पर्धात्मक सहभागिता रहेको थियो । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको शीर्षक “बृहत यौनिकता शिक्षा/यौन तथा प्रजनन् स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच” रहेको थियो ।
प्रथम चरणको छनौट यसअघि मङ्सिर १३ गतेसम्म तय गरिएको थियो । देशैभरिबाट प्रतियोगीहरुले माथि उल्लेखित शीर्षकमा ३ मिनेटको भिडियो Whatsapp/Viber/Email मार्फत पठाएका थिए । प्राप्त भिडियोहरुलाई निर्णायक मण्डलले सूक्ष्म मूल्यांकनमार्फत अन्तिम २० प्रतिस्पर्धीको छनौट गरिएको हो ।
प्रथम चरणको छनौटबाट अन्तिममा २० प्रतिस्पर्धीहरुको घमासान र रोचक प्रस्तुतिपूर्ण वाक्युद्धबाट विजेताहरुको टुङ्गो लागेको हो ।
सो प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडमी कक्षा १२ मा अध्ययन गर्ने छात्रा दिपिका ढुङ्गानाले प्रथम स्थान हासिल गरेकी छिन् भने सोही एकेडेमीकी कक्षा ११ मा अध्ययनरत दुई विद्यार्थी क्रमश: संगम कार्की र कृति पोखरेलले द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहलाई क्रमश: रु. दश हजार रु. सात हजार र रु. पाँच हजार नगदद्वारा पुरस्कृत गरिएको छ । साथै विजेता विद्यार्थीहलाईट्रफी,प्रमाण पत्र र मेडल समेत पदान गरिएको छ ।
उक्त प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीको बर्चस्व रहनुमा विद्यार्थीको मिहिनेत तथा कलेजले अतिरिक्त क्रियाकलापलाई दिएको विषेश महत्वको उपज भएको रिलयन्स कलेजका प्राचार्य रविन्द्रजङ्ग थापाले बताए । उनले अबको शिक्षा किताबमा मात्र सिमित नभएर क्रियाकलापमा आधारित शिक्षा प्रदान गरिनुपर्ने बताए । विद्यार्थीको चौतर्फी विकासले मात्र समय सापेक्ष अनुरुपको जनशक्ति निर्माणमा अघि बढ्न रिलायन्स सदैव तयार रहेको प्राचार्य रविन्द्र जङ्ग थापाले बताए ।
सो प्रतियोगितामा निर्णायकको भूमिकामा मिस नेपाल वर्ल्ड —२०२० नम्रता श्रेष्ठ, यौन तथा प्रजनन् स्वास्थ्य विज्ञ अनुप अधिकारी र अपाङ्गता अधिकार विज्ञ कलाधर भण्डारी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो ट्रम्पको मन्त्रीमण्डल
-
दिवङ्गत पदम राईलाई माओवादी अध्यक्ष प्रचण्ड लगायत नेता–कार्यकर्ताले दिए श्रद्धाञ्जली (तस्बिरहरू)
-
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
-
नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु
-
कुनै समयमा कट्टर प्रतिद्वन्द्वी एन्डी मुरेलाई आफ्नो प्रशिक्षक बनाए नोभाक योकोभिचले
-
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट