एनसेल बिक्री प्रकरणमा छानबिन नगरे आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल बिक्री प्रकरणमा छानबिन गर्न माग गरेको छ । १ खर्ब ४४ अर्बमा खरिद गरिएको कम्पनी ६ अर्बमा बिक्री भएकोमा छानबिन गर्न सरकारसँग माग गरेको हो ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै कम्पनीमाथि छानबिन गरी राज्यलाई हुने क्षति असुलउपर गर्न माग गरेका हुन् ।
यस्ता गतिविधि नियन्त्रणमा सरकार गम्भीर नभएर सरकारविरुद्ध तथा यसमा संलग्न जो कोहीविरुद्ध आन्दोलनमा उत्रिने अनेरास्ववियुले चेतावनी दिएको छ ।
पुँजीगत लाभकर लगायत सरकारलाई तिर्नुपर्ने कर छली गर्ने मनसायले विदेशी कम्पनी दर्ता गरी विदेशी लगानी मार्फत शेयर खरिद विक्री हुनु शंकास्पद रहेको अनेरास्ववियुको ठहर छ ।
विदेशी लगानीको निजी कम्पनीले सरकारमा रहेको दलहरू तथा उच्च पदस्थको सहयोग विना यस प्रकारको छली गर्ने दुस्साहस गर्न नसक्ने उसको ठहर छ । वर्तमान सरकार माफिया र कर्पोरेट मिसनरीहरूको चंगुलमा रहेको भन्दै अनेरास्ववियुले सरकारकै संरक्षणमा यस्ता गतिविधि भइरहेको बताए ।
विदेशी कम्पनीबाट गरिने राज्यविरुद्धका गतिविधिहरूप्रति सजग रहेर भण्डारफोरमा उत्रिने समेत सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक