गौतम बुद्ध क्रिकेट रंगशालामा अब नियमित खेल हुन्छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अब नियमित खेल गतिविधि हुने बताएकी छन् । बागमती प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै प्रमुख दाहालले रंगशालाको अभ्यास खेल मैदानमा नियमित खेल हुने उल्लेख गरेकी हुन् ।
नियमित खेल गर्न संघ, प्रदेश र भरतपुर महानगरपालिकाबिच केही दिनमा सम्झौता हुने समेत स्पष्ट पारे । रंगशालामा खेल गतिविधि नियमित गर्न एक चरणको छलफल र सहमति भइसकेको छ । क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत बागमती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको छ । पहिलो चरणमा रु ७५ करोडको काम हुने जनाइएको छ ।
‘क्रिकेट रंगशाला बन्नेमा दुई मत छैन,’ उनले भनिन्, ‘केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमति पत्र आउँदै छ । एक महिनाभित्र निर्माण सुरु गर्ने गरी टेन्डरको काम हुँदैछ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघका केन्द्रीय सचिव तथा बागमती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतम बुद्ध क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै बढेको उल्लेख गरे । अध्यक्ष खड्काले क्रिकेट खेलको विकासका लागि मेयर रेनु दाहालले अग्रसरता लिएकोमा प्रशंसा गरे।
यसैबिच प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौँले हात पारेको छ । सोमबार भएको ललितपुर र काठमाडौँबिचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ क्रिकेट संघले उपाधि हात पारेको हो ।
सुरुवाती ब्याटिङ गरेको ललितपुरले ९ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाडौँले १६ दशमलव १ ओभरमा ६ विकेटमा लक्ष्य पुरा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र