भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । भक्तपुर चेम्बर अफ कमर्सको छैटौँ वार्षिक साधारण सभासँगै सम्पन्न भएको तेस्रो अधिवेशनबाट कविदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । सभाबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हुन ।
२३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ, एशोसियट्स तर्फको उपाध्यक्ष जगत बहादुर श्रेष्ठ, चारैवटा नगरतर्फका उपाध्यक्षहरूमा क्रमशः भक्तपुरबाट राधे सुन्दर साँयजू, मध्यपुरथिमिबाट चन्द्रभक्त श्रेष्ठ, चाँगुनारायणबाट गोकुल प्रसाद प्रजापति र सूर्यविनायकबाट माधव प्रसाद प्रजापति चयन भएका छन् ।
यसैगरी महासचिवमा ज्ञानेन्द्र मानन्धर र कोषाध्यक्षमा सुरेन्द्र जाकिबन्जार चयन भएका छन् ।
कार्यसमिति सदस्यहरू तर्फ अष्टबज्र बज्राचार्य, विजय हाछेथु, न्हुछे राम धुख्वा, पशुपति भुसाल, जीवन मारिखु, विक्रम प्रजापति, नानिबाबु थापा र कुलदिप जिसी चयन भएका छन् ।
यसैगरी सभाबाट प्रश्रित भोयद्योलाई कार्यसमितिमा मनोनीत समेत गरेको छ । अब एक जना मानार्थ सहित तीन जना कार्यसमिति मनोनीत हुन बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटनापछि आईसीसीलाई बीसीसीआईको पत्र
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोर्निया बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार