विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्युरोको आग्रह

काठमाडौँ । वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले सचेत गराएको हो ।
पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको ब्यूरोको भनाई छ ।
वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी “यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन !” भनी दिने गरेको पाइएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।
यसरी विदेशी रकम प्राप्त गरे पश्चात् अमुक व्यक्तिले ‘हुन्छ, म तपाईँले भनेको व्यक्तिको नेपाल स्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु!’ भन्ने गरेको खुल्न आएको । उक्त व्यक्तिले विभिन्न अनलाइन सम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम निजले भनेको व्यक्तिको नेपाल स्थित बैक खातामा जम्मा गराइदिने गरेको रायले बताए ।
यसरी विदेशमा दुःख–परिश्रम गरी कमाएको रकम फ्रड-स्क्याम रकम मा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था सिर्जना हुने प्रहरीको भनाई छ । त्यसैले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्यूरोले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?