निर्माण व्यवसायी विकास परिषदद्वारा भूकम्प प्रभावितलाई ३० लाख सहयोग
![निर्माण व्यवसायी विकास परिषदद्वारा भूकम्प प्रभावितलाई ३० लाख सहयोग](https://npcdn.ratopati.com/media/news/405343767_1203531683914342_8117208390241316991_n_LCh9Nk9Q2u.jpg)
काठमाडौँ । निर्माण व्यवसायी विकास परिषद्ले भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार ‘राहत र पुर्ननिर्माणका’ लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगत्तै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका थिए । चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि मन्त्री ज्वालाले राहत र पुनर्स्थापनामा जोड दिएका हुन् । ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसकेका छन् । मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता