रोजगारदाता परिवर्तन हुँदा १३ जना केयरगिभर इजरायल जान पाएनन्

काठमाडौँ । युद्धकै बिच ११ जना नेपाली केयरगिभर इजरायल उडे । उनीहरूमध्येकै १३ जना भने जान पाएनन् । परराष्ट्र मन्त्रालयले इजरायल र गाजास्थित हमास समूहबिचको युद्धका कारण नेपालीहरूलाई इजरायल जान रोक लगाएको थियो । जसले गर्दा २४ जना नेपाली केयर गिभर अन्तिम चरणमा रोकिएका थिए । इजरायलमा युद्धको अवस्था सहज बन्दै गएको भन्दै परराष्ट्रले जान अनुमति दिएको थियो ।
अनुमति पाएसँगै उनीहरूलाई इजरायल जाने बाटो खुलेको थियो । त्यही क्रममा ११ जना आज इजरायलतर्फ उडेका हुन् । तर, १३ जना भने रोकिएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालका अनुसार इजरायली रोजगारदाता परिवर्तन हुँदा उनीहरूको उडान तत्कालको लागि रोकिएको हो ।
पहिलो श्रम सम्झौता गएर पठाएका रोजगारदाताहरू अहिले परिवर्तन भएर आएपछि केही समस्या आएको हो । जसले गर्दा उनीहरूको उडान तत्कालको लागि रोकिएको बताए । अब केही समयपछि रोजगारदाताहरूसँगको सहजीकरणमा उनीहरू जान पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो
-
आँटेको पुर्याइदेउ बागलुङ कालिका...
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने
-
सुपुष्पालाई १० प्रश्न
-
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन