बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु

सोमबार, १८ मङ्सिर २०८०, १३ : २५
सोमबार, १८ मङ्सिर २०८०

विराटनगर । हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझी रहेका छन् । 

बेलबारी नगरपालिका–१० भाउन्नेमा माझीलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।  उनको आज बिहान मृत्यु भएको हो । साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले माझीलाई आक्रमण गरेको थियो ।

प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेको छ ।

माझीको शव पोस्मार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरतर्फ पठाएइको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप