प्रहरीको पोशाक प्रयोग गरेकोप्रति माफी माग्दै सुशान्तले हटाए भिडियो

काठमाडौँ । गायक सुशान्त केसीले आफ्नो गीत ‘झ्याल बाट’ गीतको भिडियो युट्युबबाट हटाएका छन् । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएको भन्दै उनले भिडियो हटाएका हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् ।
उनले भनेका छन्, ‘हाम्रो भिडियोमा पुलिसको युनिफर्म प्रयोग भएको थियो । केही निश्चित दृश्यका लागि हामीले नेपाल पुलिसबाट अनुमति लिनुपर्ने भयो । त्यसैले अहिलेका लागि भिडियो हटाउनुपर्ने भयो । अब हामीले के गर्ने भनेर सोचिरहेका छौँ टिमसँग बसेर । सुट गरिरहेका छौं । थप जानकारी दिने नै छौं ।’
गीतमा अभिनेत्री उपासनासिंह ठकुरी नेपाल प्रहरीको पोशाकमा देखिएकी छन् । भिडियोमा हिरासतमा परेका सुशान्तले महिला प्रहरीको भूमिकामा रहेकी उपासनालाई जिस्काएको देखाइएको छ ।
केही अगाडि गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडियोमा प्रहरीको पोशाक प्रयोग गरिएको एक दृश्य पनि विवादित भएको थियो । उक्त दृश्यपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति पनि जारी गर्दै भिडियोमा नेपाल प्रहरी पोशाक प्रयोग गर्दा अनुमति अनिवार्य भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...
-
दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधि देखेर भड्किइन् किमकी बहिनी
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
बार मतदाता नामावली विवाद : आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु