युद्धकै बिच ११ नेपाली केयरगिभर इजरायल उडे
सोमबार, १८ मङ्सिर २०८०, १२ : २८

काठमाडौँ । युद्धकै बिच ११ जना नेपाली केयरगिभर इजरायल उडेका छन्। केयरगिभरको रूपमा काम गर्न उनीहरू इजरायल उडेका हुन्।
इजरायल र गाजास्थित हमास समूहबिच युद्ध भइरहेको छ। गत अक्टोबर ७ तारिखमा हमास समूहले इजरायलमा आक्रमण गरेको थियो। त्यही क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए।
उक्त घटनापछि इजरायल उड्न लागेका २४ जना केयरगिभर रोकिएका थिए। २४ जनामध्ये ११ जना उडिसकेपछि बाकी रहेका १३ जना पनि चाडै जाने सरकारले जनाएको छ। इजरायल जान पाउनुपर्ने माग राख्दै उनीहरूले दबाब दिँदै आएका थिए।
नेपाल र इजरायलबिच भएको सहमतिअनुसार १ हजार भन्दा बढी नेपालीलाई इजरायलमा रोजगारीको अवसर प्रदान गरिएको थियो। दुई वर्षदेखि छनौटमा परेका केयर गिभरहरूलाई इजरायल लगिँदै आएको छ। अब अन्तिम चरणमा २४ जना बाकी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु
-
त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन