भारतीय वायुसेनाको विमान दुर्घटना : २ जना पाइलटको मृत्यु
सोमबार, १८ मङ्सिर २०८०, १२ : ०५

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।
अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८ः ५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।
एसपी रोहिणीले दिएको जानकारी ‘यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमान भित्र दुई जना सवार थिए तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ।’ दुर्घटनाबारे अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म