एनिमलमा कुन कलाकारले कति पारिश्रमिक पाए ?
मुम्बई । डिसेम्बर १ मा रिलिज भएदेखि नै फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।
यस फिल्मका सबै स्टार कास्ट चर्चित र ठूला कलाकार हुन् । प्राप्त जानकारी अनुसार रणवीर कपुरले एनिमलका लागि ३० देखि ३५ करोड भारु शुल्क लिएका थिए । उनले आफ्नो पारिश्रमिकको केही हिस्सा यो फिल्म बनाउन लगाएका थिए ।
रणवीरले फिल्मको नाफामा आफूले हिस्सा लिने बताएका थिए । वास्तवमा रणवीरले एउटा फिल्मका लागि ७० करोड भारु पारिश्रमिक लिन्छन् । तर भूषण कुमार र सन्दीप रेड्डी वांगालाई समर्थन गर्न, उनले आफ्नो शुल्क ५० प्रतिशतभन्दा बढी घटाएका थिए ।
फाइनान्सियल एक्सप्रेसको रिपोर्ट अनुसार बबी देओलले ४–५ करोड रुपैयाँ पाएका छन् । जहाँ रश्मिका मन्दानाले ४ करोड र अनिल कपूरले २ करोड पाएका छन् ।
फिल्ममा रणवीरको अभिनय देखेर निर्देशक वांगाले रणवीर जस्तो कलाकारलाई यसअघि कहिल्यै नभेटेको बताएका थिए । रणवीरको अभिनय देखेर कहिलेकाहीँ सन्दीपको खुट्टा छुन मन लाग्ने उनको भनाई थियो ।
रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन् जसमध्ये ११ फिल्म फ्लप र ९ हिट भएका छन् । करियरको दृष्टिकोणले रणवीरका लागि एनिमलको सफलता धेरै महत्त्वपूर्ण छ।
रणवीरको यो फिल्मले दुई दिनमा नै विश्वभर २३६ करोड भारु कमाएको छ । फिल्मले पहिलो दिनमै ११५ करोड कमाएको थियो । यो कलेक्सनसँगै रणवीरले आफ्ना अघिल्ला सबै फिल्मको कीर्तिमान तोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास