मुस्ताङमा सिजनको पहिलो हिमपात
सोमबार, १८ मङ्सिर २०८०, ०९ : ४६

पोखरा । हिमाली जिल्ला मुस्ताङमा हिमपात भएको छ । यो सिजनको पहिलो पटक हिमपात भएको हो ।
हिमपातसँगै किसान खुसी भएका छन् । मुस्ताङवासीहरुले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास राख्छन् । `हिमपातले हिमाली जिल्लामा राम्रो गर्छ । अहिलेसम्म धुलोधुवाँ, हावाहुरी चल्यो । हिमपातपछि मौसमलाई ब्यालेन्स गर्छ,´ लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट भन्छन्, `किसानलाई झन् राम्रो हुन्छ ।´
मुस्ताङमा सिजनको पहिलो हिमपात pic.twitter.com/ePB4GZWFaq
— RatoPati (@Rato_pati) December 4, 2023
चिसोबाट जोगिन उनले सबैसँग आग्रह गरेका छन् । मुस्ताङवासीहरु चिसो छल्न बेसी झरिसकेका छन् । कोरला नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी मुस्ताङमै छन् । हिमपातले डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी