६ गोलको थ्रिलरमा सिटी रोकियो

इतिहाद । टोटनह्याम हटस्पर्सका मिडफिल्डर डेजान कुलुसेभस्कीले खेलको अन्तिम मिनेटमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी बराबरी खेल्न बाध्य भएको छ । आइतबार राति भएको खेलमा सिटी र स्पर्सले ३–३ गोलको बराबरी खेलेका हुन् ।
खेलको छैटौँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर तीन मिनेटपछि उनले नै आत्मघाती गोल गरेपछि सिटी खेलमा फर्कियो । ३१ औँ मिनेटमा फिल फोडेनले जुलियन अल्भारेजको पासमा सिटीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ६९ औँ मिनेटमा जियोभानी लो सिलेसोले स्पर्सका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा ज्याक ग्रिलिसले पुनः सिटीलाई अग्रता दिलाएपछि टोली खेल जित्नेमा ढुक्क बनेको थियो । तर, ९० औँ मिनेटमा कुलुसेभस्कीले गोल गर्दै सिटीको सपना चकनापुर बनाए ।
बराबरीमा रोकिएपछि सिटी प्रिमियर लिगमा तेस्रो स्थानमा खस्किएको छ । १४ खेलबाट टोलीको ३० अङ्क रहेको छ । टोटनह्याम भने समान खेलबाट २७ अङ्क बटुल्दै पाँचौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म