हेटौंडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
आइतबार, १७ मङ्सिर २०८०, २१ : ३७

हेटौंडा । मकवानपुरको हेटौंडामा सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । हेटौंडा–१६ स्थित पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार ट्याक्टर व्याक गर्ने क्रममा अनियन्त्रित भएर ट्याक्टर भिरबाट खस्दा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिए ।
आइतबार दिउँसो ३ः३० बजेको समयमा पानीस्वारामा मधेश प्रदेश ०३००१ त ६९८७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई भिरबाट ३०० मिटर तल खसेको उनले बताए ।
उनका अनुसार दुर्घटनामा ट्याक्टर चालक बारा जिल्ला निजगढ–१३ का २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार सोही स्थानका ५६ वर्षीय जीतबहादुर थिङ रहेका छन् । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’