अशोक सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस
आइतबार, १७ मङ्सिर २०८०, २१ : २७

काठमाडौँ । जङ्गी अड्डाले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको छ । आइतबार सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरिएको सेनाका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन गरेको ७ दिनपछि सिफारिस गर्ने कानुनी व्यवस्था छ । सिफारिस पछि मन्त्रिपरिषद्ले बढुवा, नियुक्तिको निर्णय गर्नुपर्छ ।
यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी ताराध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए । पाण्डेको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार