सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्रान्डका जुत्ता चप्पलको सामूहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामूहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरेका हुन् ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाँचौँ शोरुम हो । यस अघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ ।
यस शोरुममा उत्पादक र उपभोक्तबिच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुचि र चाहना अनुरूपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरूको विश्वास रहेको छ ।
सातदोबाटो नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, रोयल सुज, फस्टवाक सुज, क्रस रोड सुज, डि.जे. सुज, कोसेली छाला जुत्ता, रन सुज र स्मार्ट सुज गरी ८ वटा ब्रान्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति कालिकोटमा भूकम्पको धक्का
-
विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
-
१२ बजे, १२ समाचार : बयानमा रविले गरे २६ प्रश्नको सामनादेखि रास्वपाद्वारा बालेनसँग सम्वाद गरेको स्वीकारसम्म
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा